खोलामा बगेर बालकको मृत्यु

श्रावण २८, २०८२

रासस

Child died after being swept away in the river

झापा — खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ । आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् ।

प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन् ।

रासस

Link copied successfully