पक्राउ परेका उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुर — बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरमा एक जना पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका वडा-११ बरुवाटारस्थित कोठा भाडामा बस्ने ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका ४५ वर्षीय शुभराज राई आइतबार घरबाटै पक्राउ परेका हुन् । पक्राउ परेका राईलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए ।
यस्तै, १६ वर्षीया बालिकालाई यौन दुर्ववहार गरेको आरोपमा त्रियुगा नगरपालिका-११ साकेलाटोलका २२ वर्षीय सागर परियारलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार पक्राउ परेका उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
