सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा पहिरो जाँदा अवरुद्ध मध्यपहाडी लोकमार्ग साँझ साढे ६ बजे खुलेको हो ।
खोटाङ — पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग करिब १० घन्टापछि खुलेको छ ।
सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा पहिरो जाँदा अवरुद्ध मध्यपहाडी लोकमार्ग साँझ साढे ६ बजे खुलेको हो ।
हलेसी तुवाचुङ नगरपालिका प्रवक्ता कमल गिरीका अनुसार बिहान ८ बजेर १० मिनेटमा भएको पहिरो तीन वटा डोजरले पन्छाएपछि खुलेको हो । गिरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको ब्याकलोडर तथा फेवा कन्स्ट्रक्सनको एक्स्काभेटरले पहिरो पन्छाएको हो ।
पहिरो पन्छाउनका लागि इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी तथा स्थानीय जुटेका थिए । पहिरोले सडक अवरुद्ध गएपछि काठमाडौं तथा तराई जाने–आउने करिब एक सय ५० वटा यातायातका साधन दिनभरि अलपत्र परेका थिए । यातायात अवरुद्ध हुँदा एउटा शव बोकेको गाडीसहित १६ जना बिरामी र हजार जना जति यात्रु अलपत्र परेको गिरीले बताए ।
