माई खोलाले बगाउँदा झापामा एक जना बेपत्ता

खोलाबाट दाउरा निकाल्ने क्रममा उनी बेपत्ता भएको झापा प्रहरीले जनाएको छ

श्रावण २३, २०८२

नवराज सुवेदी

One person went missing in Jhapa after being swept away by Mai river

झापा — कनकाई माई खोलाले बगाउँदा झापामा एक जना बेपत्ता भएका छन् ।

शुक्रबार साढे ११ बजेको समयमा जिल्लाको शिवसताक्षी नगरपालिका–१० र ७ को सीमानामा माई खोलाले बगाउँदा कनकाई नगरपालिका–५ का ६० वर्षीय चन्द्रबहादुर विश्वकर्मा बेपत्ता भएका हुन् । 

उनी खोलाबाट दाउरा निकाल्ने क्रममा बेपत्ता भएको झापा प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय नागरिकहरुको सहयोगमा बेपत्ताको खोजी कार्य भइरहेको जनाइएको छ । 

नवराज

Link copied successfully