बलात्कारको आरोपमा रास्वपा पालिका सभापति पक्राउ

जिल्लाको लिखुपिके गाउँपालिकाका रास्वपा पालिका सभापति रामचन्द्र बस्नेत काठमाडौंबाट पक्राउ परेका हुन् ।

श्रावण २१, २०८२

भानुभक्त निरौला

RSVP Municipal Chairman arrested on rape charges

सोलुखुम्बु — राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको एक पालिकाका सभापति जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । 

जिल्लाको लिखुपिके गाउँपालिकाका रास्वपा पालिका सभापति रामचन्द्र बस्नेत काठमाडौंबाट पक्राउ परेका हुन् । गत वर्षको साउन ६ गते स्थानीय फरक क्षमता भएकी एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त बस्नेत काठमाडौंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

गाउँपालिकाको  वडा नं. २ पोखरीका ४५ वर्षीय बस्नेत यही साउन १९ गते दिउँसो काठमाडौँ महानगरपालिका-१६ स्थित वनस्थलीबाट पक्राउ परेको प्रहरीले जनाएको हो । 

बस्नेतलाई बुधबार जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भानुभक्त

Link copied successfully