सुनसरीमा एक हजार दरका ३८ वटा नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित पक्राउ पर्नेमा सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।

श्रावण २१, २०८२

अर्जुन सुवेदी

2 people arrested with 38 fake notes of 1000 rupees in Sunsari

सुनसरी — सुनसरी प्रहरीले भारतीय सीमावर्ती नाकाबाट मङ्गलबार साँझ नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

नक्कली नोटसहित पक्राउ पर्नेमा सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले एक हजार दरका ३८ वटा नक्कली नोट बरामद गरेको छ । सीमावर्ती नाकाबाट लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार दुई जनामध्ये पछाडि बसेका राजेशको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

बरामद भएको नक्कली नोट सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको खतिवडाले बताए । उनीहरूमाथि अनुसन्धान गरेर नक्कली नोटको कारोबारमा संलग्न अन्य व्यक्तिबारे खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि सुनसरीमा पटक पटक ठुलो परिमाणमा नक्कली नोट बरामद भए पनि प्रहरी मुख्य गिरोहसम्म पुग्न सकेको छैन ।

अर्जुन

Link copied successfully