उदयपुरमा ट्रकको ठक्करले गोठालो गरिरहेका वृद्धको मृत्यु

गोठालो गरेर बहिनीको घर फर्किँदै गरेका वृद्धलाई 'कोल्ड ड्रिङ्क्स' बोकेर आउँदै गरेको ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ ।

श्रावण १९, २०८२

राकेश नेपाली

An elderly shepherd died after being hit by a truck in Udaipur

उदयपुर — मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगिटोलमा सोमबार दिउँसो ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएको छ ।

काठमाडौंबाट सुनसरी जाँदै गरेको प्र. ३-०१–००२– ख ०५६१ नम्बरको ट्रक अनियन्त्रित भइ रौतामाई गाउँपालिका- ७ का ७२ वर्षीय टंकबहादुर मगरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

गोठालो गरेर बहिनीको घर फर्किँदै गरेका उनलाई 'कोल्ड ड्रिङ्क्स' बोकेर आउँदै गरेको ट्रकले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले बताए ।

दुर्घटनामा ट्रकका सह-चालक कालिञ्चोक गाउँपालिका-४ दोलखाका ४० वर्षीय गोमे दर्जी घाइते भएको र उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको उनले बताए ।

ट्रक चालक बनेपा नगरपालिका-१४ काभ्रेपलाञ्चोकका ५४ वर्षीय नवराज राउत सकुशल रहेको र उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully