झापामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना, १८ जना घाइते

घाइते विद्यार्थीहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको छ। केही विद्यार्थीको स्थानीय अस्पतालमा नै उपचार भइरहेको छ।

श्रावण १६, २०८२

नवराज सुवेदी

School van carrying students accident in Jhapa, 18 injured

झापा —  मेचीनगरमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना भएको छ । मेचीनगर–९ खुट्टिडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको गाडी आज बिहान साढे ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा १८ जना विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थी बोकेको उक्त भ्यान स्थानीय टिमाई खोल्सीमा खसेको हो । घाइते विद्यार्थीलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल धुलाबारीस्थित आम्दा मेची अस्पताल पठाइएको थियो ।

जसमा चालकसहित ६ जना घाइते विद्यार्थीलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । अन्य विद्यार्थीको भने आम्दामै उपचार भइरहेको छ ।

नवराज

Link copied successfully