तमोर, घुन्सा र हेल्लोक खोलामा आएको बाढीले पाँच करोडमा बनेको बेलिब्रिज बगायो

श्रावण ७, २०८२

आनन्द गौतम

Floods in Tamor, Ghunsa and Hellok rivers washed away the Belybridge built at a cost of 5 crores

What you should know

ताप्लेजुङ — सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुल बगाएको छ । 

यो पुल रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि करिब पाँच करोड रुपैयाँको लागतमा बनाएको थियो । रेमिट हाइड्रोका साइड इन्चार्ज मुकुन्द पोख्रेलका अनुसार खोलामा आज बिहान विशाल बाढी आएको थियो । 

स्थानीय ग्यावु शेर्पाका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठूलो बाढी आएको छ । लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको तर त्यहाँका मानिस भने भाग्न सफल भएको ग्यावुले बताएका छन् ।

Floods in Tamor, Ghunsa and Hellok rivers washed away the Belybridge built at a cost of 5 crores

उनका अनुसार यो क्षेत्रमा हिजो बेलुकादेखिनै वर्षा भइरहेको छ । खोलामा ठूलो बाढी आएर पुलभने आज बिहान ४ बजेतिर बगाएको वडा नम्बर ६ का वडाध्यक्ष पेम्वाटाँसी शेर्पाले जानकारी दिए । लेलेपमा यसअघि पनि खोलामा आएको बाढीले विद्युत्‌को स्थानीय उत्पादन बन्द भएको छ ।

यो क्षेत्रमा सबैतिर टेलिफोन सम्पर्क नहुने भएकाले क्षतिको विवरण संकलनको काम भइरहेको वडाध्यक्ष पेम्वाटाँसी बताउँछन् । अविरल वर्षाले हेल्लोक सिम्बुवा खोलामा बाढी आइ तमोर खोलाको बहाव बढेको र उत्तरदक्षिण लोकमार्ग रानि पुल बेलिब्रिज बगाएपछि रानी पुलभन्दा माथिको आवत जावत अवरुद्ध भएको जानकारी गाउँपालिका अध्यक्ष राजन लिम्बूले दिएका छन् ।

Floods in Tamor, Ghunsa and Hellok rivers washed away the Belybridge built at a cost of 5 crores

वडा नम्बर ६ लेलेप साँगु बगर फाङ्बारी स्कुलको छेउबाट जहाँ गत वर्षको पहिरो यसपटक पनि झरेको अध्यक्ष लिम्बूले जानकारी गराएका छन् । यस क्षेत्रमा अहिलेससम्म कुनै मानविय क्षति भने नभएको उनले बताए ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully