दिक्तेलबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएका शिशुको मृत्यु

श्रावण ५, २०८२

डम्बरसिं राई

Death of an infant who was rescued from Diktel and sent to Kathmandu for treatment

What you should know

खोटाङ — दिक्तेलबाट हवाइ उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएका शिशुको मृत्यु भएको छ ।

जिल्ला अस्पताल दिक्तेलमा सोमबार शल्यक्रियामार्फत जन्मिएका शिशुको काठमाडौं महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएका शिशुको कान्ति बाल अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा जटिल किसिमको समस्या देखिएपछि शिशुलाई काठमाडौं पठाइएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताए । उनलाई गर्भवती तथा सुत्केरी महिलाका लागि हवाइ उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको उनले जनाए ।

‘बच्चा जन्मिने समय एक हप्ता नाघेपछि पनि व्यथा नलागेपछि शल्यक्रिया मार्फत बच्चा निकालिएको हो,’ उनले भने, ‘त्यसपछि बच्चाको श्वासप्रश्वासमा गम्भीर खालको समस्या देखिएपछि गर्भवती तथा सुत्केरी महिलाका लागि हवाइ उद्धार कार्यक्रम अन्तर्गत काठमाडौं पठाइएको थियो ।’

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully