अपर काबेली सुरुङमार्गको ‘ब्रेक थ्रु’

श्रावण ५, २०८२

आनन्द गौतम

'Break Through' of Upper Kabeli Tunnel

What you should know

ताप्लेजुङ — २८ मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजना सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । १७ सय ७२ मिटर लामो सुरुङ मार्ग छिचोलिएको आयोजनाले जनाएको छ । यो ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा पर्छ । 

इन्टेकदेखि हप्पुखोला छेउसम्मको ५ किलोमिटर क्षेत्रको मुख्य प्रभावित क्षेत्र भने सिरिजंघा-१ सिनाम, २ आम्बेगुदिन र ४ तेल्लोक रहेका छन् । यस्तै सिदिङ्वाको मेहेले र लिम्बुदिन पर्छन् । तेल्लोकमा इन्टेक र सिनाममा पावर हाउस हुनेछ । 

पिस इनर्जी कम्पनी मुख्य प्रवर्द्धक रहेको यसको लागत ५ अर्ब ६४ करोड ६९ लाख रहेको व्यवस्थापक प्रकाश ढुंगानाले जानकारी दिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully