What you should know
संखुवासभा — भोजपुर जरायोटार–४ का पर्शुराम विकलाई हत्या गरी भागेका एक व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार चैनपुर नगरपालिका–९ का शम्सेरबहादुर तामाङ पक्राउ परेका हुन्।
हत्या गरी विभिन्न स्थानमा लुकिछिपी बसेका तामाङ केही दिनदेखि गाउँघरमै लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
उनी इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ परेका हुन्। पुनरावेदन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाअनुसार २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनी पक्राउ परेपछि संखुवासभा जिल्ला अदालत, चैनपुरमा पेश गरिएको थियो।
सोमबार उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ।
