फालेलुङमा खोलाले बगाउँदा युवतीको ज्यान गयो

श्रावण ५, २०८२

लक्ष्मी गौतम

A young girl died after being swept away by a river in Falelung

What you should know

पाँचथर — खोलाले बगाउँदा युवतीको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनस्थित पापुन्देन टोलकी २१ वर्षीया मनिषा आङ्बो रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनलाई फिदमस्थित फेमे खोलाले बगाएको बताइएको छ ।फेमेबाट बग्दै आएकी मनिषालाई फिदिम–४ र हिलिहाङ–७ को सीमावर्ती हेवा खोलामा डाइभर्सन मर्मतको काम गरिरहेका स्थानीयले बेहोस अवस्थामा उद्धार गरेका थिए ।

उद्धार गरेलगत्तै प्रहरीको सहयोगमा उपचारका लागि पाँचथर अस्पताल ल्याइएकी उनलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।

उनको शव पोष्टमार्टमपश्चात सोमबार नै आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully