What you should know
पाँचथर — बाढीले डाइभर्सनमा क्षति पुर्याएका कारण अवरुद्ध भएका दुईवटा सडक अस्थायी रुपमा खुलाइएको छ । मध्य पहाडी राजमार्गको पाँचथर खण् र फिदिम याङनाम, फालौट खण्ड आइतबार साँझदेखि सञ्चालनमा आएका हुन् ।
मध्य पहाडी राजमार्गको पाँचथर खण्ड अन्तर्गत याङवरक गाउँपालिका–३ रिजाल भीरमा खसेको पहिरो पन्छाउनका साथै र दोभाने खोलामा बाढीले पुरेको डाइभर्सनको अवरोध हटाइएसँगै यो राजमार्गमा साँझदेखि सवारी आवागमन सुरु भएको हो ।
यता फिदिम याङनाम फालौट मार्गमा पर्ने फिदिम १ र ११ को सीमावर्ती फेमे खोलाले कटान गरेको बाटो मर्मत गर्नका साथै खोलाको पानी कल्भर्टमार्फत् निकास दिएसँगै यो सडक खुलेको हो ।
यद्धपी वर्षात्को जोखिम यथावत रहेकाले दुवै सडक अस्थायी रुपमा मात्रै खुलाइएको बताइएको छ ।
यी दुई सडक खुलाइएपनि मेची राजमार्गको हेवा खोला र तमोर करिडोरका नावा खोलाको अवरोध यथावत् छ । हेवा खोलाको अवरोध हटाउन दिनभर प्रयत्न गरेपनि पानीको बहाव नघट्दा सम्भव नभएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
