इटहरीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु

श्रावण ४, २०८२

अर्जुन सुवेदी

Death of two children who went swimming in Itahari

What you should know

सुनसरी — इटहरीस्थित टेङ्ग्रा खोलामा पौडी खेल्नेक्रममा दुई जना बालकको मृत्यु भएको छ । इटहरी–३ स्थित माया घर पछाडि आइतबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको हो ।

गम्भीर अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएका इटहरी–३ कल्याण चोकका ८ वर्षीय दीपसन चौधरी र संखुवासभा चैनपुर घर भइ इटहरी २ स्थित आफन्तकोमा बस्दै आएका ११ वर्षीय त्रिवास लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीहरू दुवै जनालाई उपचारको लागि इटहरीस्थित वेदान्त अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले उपचार सम्भव नहुने भनेपछि आफन्तले विराटनगरस्थित विराट शिक्षण अस्पताल लगेका थिए । 

शिक्षण अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । 

घटनाको थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । ।

अर्जुन सुवेदी

Link copied successfully