किमाथांका देशकै महत्त्वको नाका हो : ऊर्जा मन्त्री खड्का

श्रावण ३, २०८२

दीपेन्द्र शाक्य

Kimathanka is an important port of the country: Energy Minister Khadka

What you should know

संखुवासभा — ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथांका नाका देशकै महत्त्वको नाका रहेको बताएका छन् । उनले यो नाका १२ महिना चल्ने भएकोले यसमा सरकारको ध्यान गएको बताए ।

किमाथांका नाकालाई अहिलेको सरकारले प्राथमिकता दिएर अगाडि बढेको पनि उनले बताए । संखुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटनका क्रममा शनिबार उनले किमाथांका नाकामा चीन सरकारको पनि विशेष चासो रहेको बताए । 

‘यो नाकामा चीनको सहयोग प्राप्त हुनेछ,’ उनले भने, ‘सडक जोडिएसँगै यो नाका सञ्चालनमा आउने छ । त्रिदेशीय सम्बन्धलाई विशेष महत्त्वका साथ हेर्नुपर्ने छ ।’ जिल्लामा ठूला जलविद्युत् आयोजनामा भारत सरकारको लगानी भएकोले दुवै छिमेकी मुलुकसँग सम्बन्ध कायम गरेर अगाडि बढ्नुपर्ने उनले बताए । 

चैनपुरमा खुलेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दीगो उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने बताए । ‘स्रोत र साधन भए पनि संखुवासभा पछि परेको थियो,’ उनले भने, ‘जनचाहना अनुसार बजेट विनियोजन भएको छ । ऊर्जाको क्षेत्रमा मन्त्रालयले ८० प्रतिशत काम गरेको छ ।’

दीपेन्द्र

Link copied successfully