दाजुसँग ससुराली गएका प्रकाशको हत्या, दाजु पनि घाइते

श्रावण १, २०८२

लक्ष्मी गौतम

Prakash, who had gone to his in-laws' house with his brother, was killed, and his brother was also injured

पाँचथर — ईलाममा २१ वर्षीय युवकको हत्या भएको छ । जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १ मा माइजोगमाई गाउँपालिका–२ घर भएका प्रकाश चापागाईंको हत्या भएको हो ।

प्रकाश दाजु निरोज चापागाईंसँग ससुराली घर गएका थिए । त्यही बखत सूर्योदय–१, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

स्थानीय काजी तामाङको घरमा भएको झगडाका क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीको भनाइ छ । हतियार प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो ।

उनका दाजु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेकाले उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ । घटनापछि शेर्पालाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully