What you should know
पाँचथर — फिदिम नगरपालिका-१३ टिम्मुरेमा पिकअप दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।
सवारीका लागि इन्धन (डिजेल) कुखुराका लागि दाना र ब्रान्ड लिएर झापाको विर्तामोडदेखि लुङरुपा आउँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप बिहीबार बिहान ९ बजेतिर घुम्ती मोड्ने क्रममा दुर्घटना भएको हो ।
पिकअप सडकदेखि ५० मिटर तल झर्दा सवारी धनी फिदिम-१३ का राम सुवेदीसहित चालक भवानी खतिवडा र सहचालक आयुष राई घाइते भएका थिए ।
दुर्घटनाको जानकारी प्राप्त गर्नासाथ प्रहरी चौकी लुङरुपादेखि खटेका प्रहरी र स्थानीयले उद्वार गरेर घाइतेहरुलाई पाँचथर अस्पताल पठाएका थिए । दुर्घटनामा परेका सवारी धनी राम सुवेदीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सुवेदी र चालक भवानी खतिवडालाई थप उपचारका लागि झापा पठाइएको छ भने सहचालक राइको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
