बिजयाटारमा एक सय १२ मिटर लामो झोलुङ्गे पुल

असार ३२, २०८२

लक्ष्मी गौतम

112 meter long suspension bridge at Bijayatar

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ र ७ लाई सिमाना छुट्याएर बग्ने मुवा खोला बिजयाटार एकु दोभानमा १ सय १२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

पूर्वाधार विकास कार्यालय पाँचथर र स्थानीय उपभोक्ताको लागत साझेदारीमा पुल निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय पाँचथरको ४० लाख ६० हजार ६७, स्थानीय उपभोक्ताको १ लाख ४५ हजार ८ सय ५७ रुपैयाँ, २५ लाख ४४ हजार ८ सय रुपैयाँको जिन्सी र ५ लाख ४७ हजार १ सय ४९ रुपैयाँ बराबरको लट्ठासहितका सामग्री गरी कूल ७२ लाख ९२ हजार ८ सय ७६ रुपैंयाको लागतमा झुलुङ्गे पुल निर्माण भएको हो ।

झोलुङ्गे पुलबाट फालेलुङ गाउँपालिका ५ को लुमाङदिन, टेङगाबुङ, बाँस्बोटेसहित वडा नम्बर ७ को एकु र बाँस्बोटे क्षेत्रका नागरिकलाई आवागमनमा सुविधा भएको फालेलुङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष भरतकुमार खपाङ्गीले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully