धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका–२ धपडतालमा पौडी खेल्ने क्रममा शनिबार अपराह्न किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे–१ फेदापजुङ बस्ने जितबहादुर आले मगरका १७ वर्षीय अभिषेक आले मगर रहेको प्रहरीले जनाएको छ ।
अपराह्न साढे ३ बजे पौडी खेल्ने क्रममा उनी डुबेका थिए । उनको तत्काल खोजी कार्यपछि अपराह्न ५ बजे मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।
इलाका प्रहरी कार्यालय र प्रहरी चौकी मुढेबासबाट खटिएका सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । घटनाबारे कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको जनाएको छ ।
