सञ्चारकर्मी सहकारीबाट चार पत्रकार सम्मानित

असार २७, २०८२

कान्तिपुर संवाददाता

Four journalists were honored by the media cooperative

विराटनगर — सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १४औं स्थापना दिवसका अवसरमा चार जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

शुक्रबार आयोजित एक विशेष कार्यक्रममा सहकारीले विभिन्न विधामा क्रियाशील पत्रकारहरूलाई सम्मान गरेको हो । ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष तथा ‘नेपाल खोज डटकम’का प्रधान सम्पादक तथा पूर्वकान्तिपुरकर्मी सुवास ढकाललाई प्रदान गरिएको छ । 

५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार महासंघ मोरङका पूर्वअध्यक्ष तथा ‘उद्घोष डेली डटकम’का सम्पादक बन्धु पोखरेललाई प्रदान गरिएको छ । 

२१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ‘ब्लाष्ट दैनिक’ विराटनगरका संवाददाता अनिल श्रेष्ठलाई प्रदान गरिएको छ ।

१० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार ‘कोशी सन्देश डटकम’ अनलाइनकी डेस्क सम्पादक रोमा दाहाललाई प्रदान गरिएको छ ।

सम्मानित तथा पुरस्कृत पत्रकारहरूलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले  सम्मान पत्र प्रदान गरे ।

कान्तिपुर

Link copied successfully