खोटाङ — कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई निलम्बित भएका छन् ।
२०७९ को प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीको आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गरेको भन्दै एक वर्षका लागि पार्टी सदस्यताबाट निलम्बनमा परेका हुन् ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गतेको बैठकले कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) र (घ) तथा उपधारा ८ (ङ) बमोजिम एक वर्षका लागि कांग्रेसको सदस्यताबाट राईलाई निलम्बन गरेको पत्र असार २५ गते बुझाइएको छ । अनुशासन समितिले राईलाई सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले उपलब्ध प्रमाणका आधारमा निस्कासन गरिएको पत्रमा उल्लेख छ ।
२०७९ को निर्वाचनमा पार्टीले आफूलाई अन्याय गरेकाले चुनावमा त्यसको विरुद्ध डटेर लागेको राईले बताएका छन् ।
