काँकरभिट्टाबाट एयर पेस्तोल र बुलेटसहित भारतीय नागरिक पक्राउ

असार २४, २०८२

नवराज सुवेदी

Indian citizen arrested with air pistol and bullets from Kankarvitta

झापा — पूर्वी सीमावर्ती क्षेत्र काँकरभिट्टाबाट प्रतिबन्धित हतियार एयर पेस्तोल र सो हतियारमा लाग्ने मेटल बुलेटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

मेची भन्सार कार्यालय परिसरमा आज बिहान करिब ९ बजे जाँच गर्ने क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्य दार्जिलिङस्थित सिलिगुडीका २५ वर्षीय प्रतिक अग्रवाल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अग्रवालले डब्लयू बी ७४ ए जे ०४०० नं. को स्कुटर चलाइरहेका थिए । उक्त स्कुटरको डिक्की जाँच गर्ने क्रममा एक थान एयर पेस्तोल र प्लास्टिकको पोकोमा रहेको सोही पेस्तोलमा प्रयोग हुने १८ थान मेटल बुलेट फेला परेको प्रहरीले जनाएको छ ।

निजको साथबाट फेला परेको चार थान मोबाइलसमेत बरामद गरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सो हतियार कुन प्रयोजनका लागि र कहाँबाट ल्याइएको हो भन्ने खुलेको छैन । 

नवराज सुवेदी

Link copied successfully