धनकुटा — धनकुटा नगरपालिका-९ बेलहरामा शुक्रबार अपराह्न भएको अटो दुर्घटनामा ७ यात्रु घाइते भएका छन् । बेलहराबाट धनकुटा बजार जाँदै गरेको को २ ह ५५६७ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धनकुटा-९ बेलहाराकी ६१ वर्षीया निर्मला बस्नेत, ३३ वर्षीया रेनुका न्यौपाने, १७ वर्षीय डेभिड बिक, धनुषाको जनकपुर-१४ का ४४ वर्षका बसन्तबहादुर पुर्बे, काठमाडौं-२६ का ५० वर्षीय रमेश दुलाल, मोरङको कानेपोखरी-५ की २० वर्षीया देवी बिक घाइते भएका छन् ।
घाइतेहरुको धनकुटा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक धनकुटा-९ का ४२ वर्षीय जितेन्द्र बास्तोलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । क्षमताभन्दा बढी यात्रु बोकेकोले अटो दुर्घटना भएको अनुमान गरिएको छ ।
