बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

असार २०, २०८२

एलिना राई

A man was arrested for sexually abusing a girl

धरानमा — १३ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहारको गरेको आरोपमा धरानमा एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय धरानले शुक्रबार बालिकालाई यौन दुर्व्यहारको आरोपमा धरान–१७ बस्ने ४९ वर्षीय श्रमदाता खजिन्द्र राई पक्राउ गरी सार्वजनिक गरेको हो ।

गत वैशाख १७ गते बुधबार धरान–१६ की १३ वर्षीया बालिकालाई बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला आरोपित राईले यौन हिंसा गरेको भनी परिवार पक्षले बिहीबार उजुरी दिएपछि उनलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । 

जाहेरीमा पहिचान नखुलेका राईलाई अनुसन्धानको क्रममा पहिचान खुलेपछि बिहीबार साँझ घरबाटै पक्राउ गरिएको धरानका डिसपी प्रकाश जवेगुले बताए ।

घटना भएको दुई महिनापछि पाठशाला नजिकै निर्माणाधीन प्रहरी चौकी भवनबारे विवाद उत्पन्न भएपछि वडाध्यक्ष मुरारी भट्टराईसहित स्थानीय समुदायले उक्त घटनाको खुलासा गरेपछि बल्ल मिडियामा आएको हो ।

डिएसपी जवेगुका अनुसार सञ्चारमाध्यममा समाचार बाहिरिए पनि पीडित पक्षले बिहीबार मात्र जाहेरी दिएकाले तत्काल पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताएका छन् । उनले भने, ‘घटनाको विस्तृत विवरण आइसकेको छैन, घटनाको प्रारम्भिक अनुसन्धानकै क्रममा छौं ।'

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully