तमोर खोलामा नुहाउने क्रममा युवक बेपत्ता

असार १६, २०८२

आनन्द गौतम

Young man disappeared while bathing in Tamor river

ताप्लेजुङ — फुङलिङ नगरपालिका-१ तमोर खोलामा नुहाउने क्रममा मिक्वाखोला गाउँपालिका-३ लिबाङ निवासी २५ वर्षीय लाक्पा शेर्पा बेपत्ता भएका छन् ।

सेवालुङ क्रसरमा ट्र्याक्टर चालकका रुपमा आइतबारदेखि काम गर्दै आएका उनलाई सोमबार दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा ५ जनाको प्रहरीसहित स्थानीय खोजतलासमा खटिएका प्रहरीले जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully