मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित ३ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

असार १५, २०८२

अर्जुन सुवेदी

3 people including father and son died in a motorcycle accident, two were seriously injured

सुनसरी — सुनसरीको रामधुनी नगरपालिका-७ स्थित चतरा-कान्छी चोक सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी बाबुछोरासहित ३ जनाको मृत्यु भएको छ। अरू दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी मोटरसाइकल चालक रामधुनी नगरपालिका-६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र को ३३ प ९६०५ नं को मोटरसाइकल चालक इनरुवा ६ का ५१ वर्षीय बिन्दु यादवको मृत्यु भएको हो।

गएराति रामधुनी नगरपालिका-७ बासबिटीस्थित चतरा कान्छी चोक सडक खण्डमा कान्छी चौकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६ प ५८६४ नं को अर्को मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि घाइतेहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। उनीहरूको उपचारकै क्रममा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृतक ३४ वर्षीय चौधरीको श्रीमती ३२ वर्षीय प्रतीक्षा चौधरी र अर्को मोटरसाइकल पछाडि सवार इटहरी-७ का ३६ वर्षीय रमेश चौधरी घाइते छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अर्जुन सुवेदी

Link copied successfully