संखुवासभाका सुनचाँदी पसल दुई दिनदेखि बन्द

असार १४, २०८२

दीपेन्द्र शाक्य

Sankhuwasabha's gold and silver shop closed for two days

संखुवासभा — संखुवासभाका सुनचाँदी पसल दुई दिनदेखि अनिश्चितकालीन बन्द गरिएको छ । सुनचाँदी व्यवसायी संघले संखुवासभा जिल्लामा रहेका ३ दर्जन बढी सुनचाँदी पसलहरु शुक्रबारबाट बन्द गरेका हुन् ।

सरकारले सुनचाँदीमा लगाएको अनावश्यक करको विरोध गर्दै पसल बन्द गरिएको अध्यक्ष जनक पौडेलीले बताए ।

नयाँ बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग उनीहरुको छ । 

त्यस्तै, सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागि सरकारले प्रष्ट नीति र नियमावली निर्माण गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

सरकारले सुनचाँदीमा लगाएको अव्यवहारिक नीतिका कारण देशैभरका व्यवसायीहरु आन्दोलित छन् ।

दीपेन्द्र शाक्य

Link copied successfully