खोटेहाङ र जन्तेढुंगामा अपांगता भएकाहरूलाई कृतिम खुट्टा वितरण

असार १२, २०८२

डम्बरसिं राई

Distribution of artificial legs to the disabled in Khotehang and Jantedhunga

खोटाङ — जिल्लाको दक्षिणी क्षेत्रका दुई स्थानीय तहमा अपांगता भएका व्यक्तिलाई कृतिम खुट्टा वितरण गरिएको छ । खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाका १९ जना अपांगता भएका व्यक्तिलाई कृतिम खुट्टा बिहीबार वितरण गरिएको हो ।

सम्बन्धित गाउँपालिका, कोशी प्रदेश र करुवा फाउन्डेशनको आर्थिक सहयोग तथा राष्ट्रिय अपांग कोषको प्राविधिक सहयोगमा कृतिम खुट्टा वितरण गरिएको हो । राष्ट्रिय अपांग कोषका प्रोस्थेसिष्ट एण्ड अर्थोष्टिष्ट रामबहादुर थापाका अनुसार खोटेहाङ गाउँपालिकाको वडा नं–९ लिच्किराम्चेका अति अशक्त अपांगता भएकी सुशिला परियार केएएफओ (क्यालिपर), अति अपांगता भएका ६ इन्द्रेणीपोखरीका सन्दीप राईलाई घुडामुनिको कृतिम खुट्टा, वडा नं ८ सिम्पानीका सरगम राईलाई गोलीगाँठो मुनिको कृतिम खुट्टा, सिम्पानीकै अति अशक्त मनकुमारी राई र ६ इन्द्रेणीपोखरीका अति अशक्त अपांगता भएका टिकाबहादुर राईलाई घुडामुनिको सपोर्टेट अर्थोसिस, इन्द्रेणीपोखरीकै सामान्य अपांगता भएकी मन्दिरा राई र लिच्किराम्चेका सामान्य अपांगता भएका उदीमान सार्कीलाई अर्थोपेटिक सुज वितरण गरिएको छ । 

त्यस्तै जन्तेढुंगा गाउँपालिकामा १२ जनालाई विभिन्न सामग्री वितरण गरिएको छ । करुणा फाउन्डेसनका सचिन श्रेष्ठका अनुसार जन्तेढुंगा गाउँपालिका–२ का विन्दु राई र ढकबहादुर खड्का, ३ का रुकु राई, ४ का विष्णु राई र मिना बस्नेत, ५ का दिलबहादुर विश्वकर्मा, तेजबहादुर विष्ट, शिभमायाा बुढाथोकी, पूर्णबहादुर खड्का, ६ का जसबहादुर राई र युवबहादुर पोखरेललाई विभिन्न कृतिम खुट्टा वितरण गरिएको छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully