संखुवासभा — अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–५ फ्याक्सिन्दा खण्डमा सडक अवरुद्ध भएको छ। मंगलबार बिहान वर्षाका कारण फाक्रे खोला पुल नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ।
पहिरोका कारण खाँदबारी–गोला सडक खण्ड अवरुद्ध भएको छ। उक्त पहिरो हटाउने काम भइरहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ। पहिरोले खाँदबारीबाट भोटखोलाका लागि छुटेका र भोटखोलाबाट खाँदबारी आउँदै गरेका साना र ठूला सवारी साधन वारपार हुन सकेका छैनन्।
