खोटाङमा १४ दिनदेखि बेपत्ता वृद्ध मृत फेला

असार १०, २०८२

डम्बरसिं राई

An old man who had been missing for 14 days was found dead in Khotang

खोटाङ — १४ दिनदेखि बेपत्ता वृद्ध मृत फेला परेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी धिप्लुङका ७० वर्षीय लालबहादुर कार्की मंगलबार बिहान मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार गत जेठ २८ गते घरबाट हिँडेका कार्की स्थानीय धनसार खोलामा बिहान ९ बजेतिर फेला परेका हुन् ।

घर फर्किएर नआएपछि उनको खोजतलासका क्रममा शव सडगलेको अवस्थामा फेला पारिएको हो । 

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक मोहनकुमार बोहराले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully