संखुवासभा — जिल्ला अस्पताल संखुवासभाको नवनिर्मित भवन सोमबार हस्तान्तरण गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको २७ करोड २७ लाख ८० हजारको लागतमा निर्मित ५० वेड क्षमताको भवन अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको हो।
विकोई/स्वामीनारायण/आर्शिवाद निर्माण कम्पनीले २०७५ असार २२ मा निर्माणको जिम्मा लिएको थियो । सुविधा सम्पन्न भवन नहुँदा अस्पतालले पुरानो भवनबाट सेवा दिँदै आएको छ। २०७८ असार २२ मा सक्नुपर्ने भवन निर्माणको काम ४ वर्षपछि निर्माण सम्पन्न भएको हो।
प्राविधिक कारणले भवन निर्माण दुई वर्ष रोकिएको थियो। १६ सय ४१ वर्गमिटरमा नवनिर्मित भवनमा ३ वटा ब्लक छन्। आयोजना प्रमुख सुमन मिश्रले एक कार्यक्रमबीच जिसस प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र आपतालका प्रमुख डा. सन्तोष देवलाई हस्तान्तरण गरे।
अस्पताल प्रशासनले भने आगामी साउनबाट मात्रै नयाँ भवनबाट सेवा सुरु गर्ने जनाएको छ।
