खोटाङमा पुरुषको बेवारिसे शव फेला

असार ६, २०८२

डम्बरसिं राई

An abandoned body of a man was found in Khotang

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको गैरीगुठको अर्कम खोलाको किनारमा पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

अन्दाजी ४५ वर्षको जस्तो देखिने पुरुषको शव शुक्रबार बिहान ९ बजेतिर फेला परेको हो ।

स्थानीयले शव भेटेको खबर गरेपछि हलेसीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कालुमान दनुवारको कमाण्डमा खटिएको टोली र थप प्रहरी निरीक्षक हेमन्त राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेर शवलाई जिल्ला अस्पताल दिक्तेलमा पठाएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।

‘शवको पहिचान हुन नसकेकाले पोष्टमार्टम हुन सकेको छैन,’ उनले भने ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully