खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले सुनकोशी किनार आसपास बसोबास गर्नेहरूलाई सतर्क रहन आह्वान गरेको छ ।
चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्ष हुने सम्भावना भएकाले सुनकोसी आसपासमा पनि बाढीको जोखिम भएको हुँदा सतर्क रहन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सागर शाहले शुक्रबार सूचना जारी गरी शनिबारसम्म सतर्क रहन आग्रह गरेका हुन् ।
‘चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना भएकाले खोटाङ जिल्लासँग जोडिएको सुनकोशी किनार आसपासमा बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ’–सूचनामा भनिएको छ ।
