सुनसरी — सुनसरीको वराहक्षेत्र नगरपालिका–२ रेल्वे लाइनस्थित खेतको छेउमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । उक्त भाले हात्तीको गएराति मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
हात्तीको सुँडमा गम्भीर चोट लागेको अवस्थामा आज बिहान शव भेटिएको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय र डिभिजन वन कार्यालयको टोली पुगेर अनुसन्धान सुरु गरेको छ । पछिल्लो समय पूर्वी तराईमा मानव र हात्तीको द्वन्द्व बढेको छ । मानिसले कहिले हात्ती मार्ने र हात्तीले पनि मानिस मार्ने क्रम बढेको हो
