विद्युत् कार्यालय टाढा भएपछि वडामै महसुल तिर्ने व्यवस्था

असार २, २०८२

दीपेन्द्र शाक्य

Arrangement to pay the fee in the ward after the electricity office is removed

संखुवासभा — विद्युत् प्राधिकरणको कार्यालय टाढा भएपछि खाँदबारी नगरपालिका ४ नम्बर वडा कार्यालयले महसुल वडामै तिर्ने व्यवस्था मिलाएको छ । बिजुलीको बिल तिर्न जाँदाआउँदा धेरै रकम खर्च भएको गुनासो स्थानीयले गरेपछि वडामै बिल तिर्ने व्यवस्था मिलाएको अध्यक्ष विनोद गुरुङले बताए ।

खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवका अनुसार विद्युतका कर्मचारी हरेक आइतबार र सोमबार बिलको भुक्तानी लिन वडा कार्यालय जानेछन् । 

सदरमुकाम खाँदबारीसम्म पुगेर ३० रुपैयाँको बिजुलीको बिल तिर्न पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको स्थानीय धनबहादुर विश्वकर्माले बताए । सोमबार एकैदिन ४४ जनाबाट ११ हजार ७ सय ४५ रुपैयाँ संकलन भएको थियो ।

खाँदबारी नगरपालिकाभित्रका दुर्गम वडा ४ नम्बरका साथै १० र ११ नम्बर वडामा समेत चाँडै विद्युत्तको महसुल संकलन गर्ने काउन्टर स्थापना हुने प्राधिकरणले जनाएको छ । वडास्तरमा नै महसुल संकलन गर्ने काउन्टर स्थापना भएपछि स्थानीयको समय र रकम दुवैको बचत भएको छ । 

दीपेन्द्र

Link copied successfully