अत्यधिक गर्मीका कारण कमल गाउँपालिकामा विद्यालय बन्द

जेष्ठ २७, २०८२

नवराज सुवेदी

School closed in Kamal Rural Municipality due to extreme heat

झापा — अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाका विद्यालयमा २ दिन बिदा दिइएको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले दुई दिन बिदा गरिएको जानकारी दिए ।

अध्यक्ष राईका अनुसार बुधबार र बिहीबार दुई दिन पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्न आग्रह गरिएको छ ।

हाललाई दिइएको बिदा वर्षे बिदामा मिलान गरिने जनाइएको छ । पछिल्लो केही दिनयता झापा लगायतका पूर्वका जिल्लामा अत्यधिक गर्मीले जनजीवन नै प्रभावित बनाएको छ । गर्मीले सर्वसाधारणको चलहपहल र नियमित कामकाजमै असर पुगेको छ । बजार, यातायात र सरकारी कार्यालयहरुमा मानिसको चहलपहल कम देखिएको छ ।

नवराज

Link copied successfully