अत्यधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकोप्टरबाट उद्धार

जेष्ठ २७, २०८२

दीपेन्द्र शाक्य

Helicopter rescue of pregnant woman after profuse bleeding

संखुवासभा — जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियाबाट सुत्केरी भएकी ३६ वर्षीया अनिता श्रेष्ठलाई मंगलबार सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

खाँदबारी नगरपालिका-४ सेकाहाकी अनिता जेठ २२ गते शल्यक्रियाबाट सुत्केरी भएकी थिइन् । छैटौं दिनमा अत्यधिक रक्तस्राव भएपछि उनलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि राजधानी लगिएको हो ।उनको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उपचार हुनेेछ । नवजात शिसुको भने अवस्था सामान्य रहेको जिल्ला अस्पताल संखुवासभाका डा प्रदिप श्रीवालले बताए । 

जिल्लामा उपचार सम्भव नभएपछि उनलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि अनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताइन् । 

दीपेन्द्र

Link copied successfully