संखुवासभा — बाढीले संखुवासभाको भोटखोला गाउँपालिका-४ वाङखोला लघुजलविद्युत्को बाँध बगाएको छ । बुधबार भोटखोलाको गोलामा रहेको ८ किलोवाट क्षमताको लघुजलविद्युत्को बाँध बगाएको हो।
प्रहरीका अनुसार बाँध बगाउँदा करिब ३३ लाख क्षति भएको अनुमान गरिएको छ । विकट र भौगोलिक अवस्थाका कारण प्रहरी हिँडेर घटनास्थल पुगिसकेको डीएसपी दक्षकुमार बस्नेतले बताए।
थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। सदरमुकाम खाँदवारीबाट घटनास्थल पुग्न २ दिन लाग्छ ।
