सुनसरीमा बालुवामुनि लुकाएर राखेको ११ सय २० किलो गाँजा बरामद 

जेष्ठ २१, २०८२

अर्जुन सुवेदी

1120 kg of ganja hidden under the sand in Sunsari recovered

सुनसरी — सुनसरी प्रहरीले हरिनगर गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानास्थित कटान खोलाको बगरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

प्रहरीले खोलाको बगरमा बालुवाले पुरेर लुकाएर राखेको १ हजार १ सय २० किलो गाँजा मंगलबार राति बरामद गरेको हो । लागूऔषध गाँजा लुकाइछिपाइ राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थानमा खोजतलास गर्ने क्रममा बालुवामुनि गाडिरहेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरिएको हो । 

बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । 

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अर्जुन सुवेदी

Link copied successfully