कोशी राजमार्ग अन्तर्गत भोटखोलाको हटिया र हुङगुङमा सडक बग्यो

जेष्ठ १८, २०८२

दीपेन्द्र शाक्य

Under the Koshi Highway, the road runs through Hatia and Hungung in Bhotkhola

संखुवासभा — शनिबार राति परेको पानीले कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला–३ हटिया र हुङ्गुङमा सडक बगाएको छ । करिब ५० मिटर कच्ची सडक बगेको गाउँपालिका अध्यक्ष वाङछेदर लामाले बताए ।

बाढीले बाटो, लघु जलविद्युत्, काठेपुल पनि क्षति पुऱ्याएको उनले बताए । १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् बगाएको छ । 'यहाँबाट १६० घरधुरीले बिजुली बालेका थिए,' उनले भने, 'अहिले गाउँ अन्धकार भयो । बाढीले १२० किलोवाटको हुङ्गुङ जल विद्युत् आयोजनाको मुहान बगाएको उनले बताए । उनका अनुसार यहाँबाट उत्पादन भएको बिजुली २सय ५० परिवारले उपभोग गर्दै आएका थिए ।

'प्रहरी, प्राविधिक र जनप्रतिनिधि घटनास्थलमा पुगिसकेको छ,' उनले भने, 'छिट्टै मर्मतको प्रक्रिया अघि बढाउने छौं ।'

दीपेन्द्र

Link copied successfully