राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई सम्मान

जेष्ठ १८, २०८२

लक्ष्मी गौतम

President's Running Shield honors students who have excelled

पाँचथर — पन्ध्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गरेका फिदिम नगरपालिकामा सञ्चालित विभिन्न विद्यालयका विद्यार्थी नगरपालिकाबाट सम्मानित भएका छन् ।

नगरपालिकाले विशेष समारोह आयोजना गरेर जेठ १५ देखि १७ गतेसम्म जिल्लाको हिलिहाङ गाउँपालिकामा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६६ विधामा प्रतिस्पर्धा गर्दै उत्कृस्ट ठहरिएका ८७ विद्यार्थीसहित सम्बन्धित सबै विद्यालयका खेल शिक्षक, व्यवस्थापक र प्रधानाध्यापकलाई सम्मान गरेको हो । हिलिहाङ-६ स्थित जोरपोखरी माविको खेल मैदानमा आयोजित प्रतियोगितामा फिदिमका विद्यार्थीले २४ स्वर्ण ६६ विधामध्ये २४ स्वर्ण,१३ रजत र ५ कांस्यसहित ४२ पदक जित्दै प्रथम स्थान ओगट्न सफल भएका थिए ।

कार्यक्रममा पदक विजेता विद्यार्थीहरुलाई मेयर मित्रप्रसाद काफ्ले, प्रमुख प्रशासकीय अधिकृत कुमार भट्टराई, फिदिम-१ का वडाध्यक्ष गजाधर भट्टराई, वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावती, शिक्षा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाल र जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोष मोक्तान लगायतले उपहारसहित सम्मान गरे ।

President's Running Shield honors students who have excelled

यसैबीच फिदिम नगरपालिकाले जेठ २२ देखि २४ सम्म आयोजना हुने कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट राष्ट्रव्यापी प्रतियोगिताका लागि छानिने विद्यार्थीलाई प्रतिविद्यार्थी नगद १० हजारसहित सम्मान गर्ने घोषणा गरे । राष्ट्रव्यापी राष्ट्रपति रनिङ शिल्ड भने जेठ २८ देखि ३१ सम्म काठमाडौंमा आयोजना हुँदैछ । 

यता जोरपोखरीमा आयोजित जिल्लास्तरीय प्रतियोगितामा २३ स्वर्ण,१४ रजत र १३ कांस्यसहित याङवरक गाउँपालिका दोस्रो स्थान ओगट्न सफल भएको थियो  । 

यसैगरी फाल्गुनन्द गाउँपालिकाले ८ स्वर्ण, ६ रजत र १४ कांस्यसहित तेस्रो हुँदा हिलिहाङले ४ स्वर्ण,९ रजत र १२ कांस्य पदकसहित चौथो बन्न सफल भएको छ ।

यसैगरी मिक्लाजुङ गाउँपालिकाले २ स्वर्ण, ६ रजत र ८ कांस्य पदक जित्दा कुम्मायकले २ स्वर्ण र ३ कास्य पदक हात पार्न सफल भएको छ ।

यसैगरी फालेलुङ गाउँपालिकाले २ स्वर्ण, ७ रजत र २ वटा कांस्य पदक जित्दा तुम्वेवा गाउँपालिकाले १, स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको छ ।

फिदिम नगरपालिकाले यसअघि तीनपटकसम्म राष्ट्रपति रनिङ शिल्ड जितिसकेको छ ।

President's Running Shield honors students who have excelled

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully