भेडेटार रवि राँके सडक अझै अवरुद्ध

जेष्ठ १८, २०८२

रमेशचन्द्र अधिकारी

Bhedetar Ravi Ranke road still blocked

धनकुटा — भारी वर्षाका कारण अवरुद्ध बनेको कोशी राजमार्गको धरान धनकुटा खण्ड एकतर्फी खुलेपनि भेडेटार रवि राँके सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

शनिबार परेको भारी वर्षाले भेडेटार रवि राँके सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडे डाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक चौबिस घण्टादेखि अवरुद्ध बनेको छ । 

सडक खण्डमा भएको अवरोध पन्छाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले जानकारी दिए । शनिबार दिनभर लुम्फाजुङ र कुहिभीरमा पहिरो खसिरहेका कारण पहिरो पन्छाउने कार्य रोकिएको थियो । 

उक्त सडक खण्ड अवरुद्ध हुँदा त्यहाँ चल्ने सवारी तथा ढुवानी साधन ठप्प छ । भेडेटारबाट राजारानी–६ नम्बर बुधबारे तथा पाँचथर लगायतका क्षेत्रमा जाने आउने सयौं सवारी साधनहरू रोकिएका छन् ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully