मनसुन भित्रिएसँगै पूर्वी क्षेत्रमा भारी वर्षा, सावधानी अपनाउन मौसम विभागको आग्रह

जेष्ठ १७, २०८२

अर्जुन सुवेदी

With the onset of monsoon, heavy rains in the eastern region, Meteorological Department's request to take precautions

सुनसरी — पूर्वी क्षेत्रबाट यस वर्षको मनसुन भित्रिएसँगै कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लामा भारी मात्रामा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले बिहान यी क्षेत्रका स्थानीयलाई मोबाइल एसएमएस पठाउँदै ती जिल्लाहरूमा धेरै स्थानमा भारी वर्षा मापन भइसकेको जनाएको छ ।

दिउँसोसम्म अझै थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

महाशाखाका अनुसार निरन्तर वर्षाका कारण इलामको मेची, झापाको विरिङ, निन्दा, कनकाई, मोरङको चिसाङ खोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, सुनसरीको बुढी खोला लगायतका साना नदी तथा खोलाहरूमा बाढी सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ । ती क्षेत्र वरपरका बासिन्दालाई विशेष सावधानी अपनाउन, नदी किनारमा नजान, र आवश्यक परे सुरक्षित स्थान तर्फ जान सुझाव दिइएको छ ।

अर्जुन सुवेदी

Link copied successfully