खोलाले बगाएर मृत्यु

जेष्ठ १७, २०८२

कान्तिपुर संवाददाता

Death by the river

झापा — झापाको मेचीनगर नगरपालिका–१ सुनारे टोलस्थित सिँचाइ नहरको ढोकामा एक पुरुष मृत भेटिएका छन् ।

मृत व्यक्ति इलामको रोङ गाउँपालिका–६ बस्ने ५६ वर्षीय भगिरथ तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार सिद्दि खोलाले बगाएर झापाको मेचिनगर–२ भृकुटीस्थित सिंचाइ नहरमा पुर्‍याएको हो ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully