चैनपुरमा आमाछोरी मृत अवस्थामा फेला 

जेष्ठ १४, २०८२

दीपेन्द्र शाक्य

Mother and daughter found dead in Chainpur

सङ्खुवासभा — संखुवासभाको चैनपुरका आमाछोरी मृत अवस्थामा फेला परेका छन् । चैनपुर नगरपालिका–११ लुहाकोटका कृष्णप्रसाद त्रितालकी श्रीमती ४२ वर्षीया सीता खनाल र ७२ दिनकी छोरी आफ्नै घरमा बुधबार दिउँसो मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार बुधबार दिउँसो १ बजेतिर घरको सुत्ने कोठाभित्र आमाछोरी मृत भेटिएको डीएसपी दक्षकुमार बस्नेतले बताए ।

उनीहरुको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

दीपेन्द्र शाक्य

Link copied successfully