संखुवासभा — संखुवासभामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा साेमकुमार तामाङ पक्राउ परेका छन् ।
पाँचखपन नगरपालिका-१ कुसुवाका २१ बर्षीय सोमकुमार तामाङ पक्राउ परेकाे डिएसपी दक्षकुमार बस्नेतले बताए ।
तामाङले विवाह गर्छु भनेर ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए । संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिई उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए ।
