संखुवासभाको ८० प्रतिशत घरमा बिजुली

जेष्ठ १३, २०८२

दीपेन्द्र शाक्य

80 percent of Sankhuwasabha houses have electricity

संखुवासभा — संखुवासभाका ८० प्रतिशत घरधुरीमा बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

खाँदबारीमा आज विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय विराटनगरले सरोकारवालासँग गरेको छलफलमा प्राधिकरणका क्षेत्रीय प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै बिजुली पुर्‍याउने बताए । 

नेपाल विद्युत् प्राधिकरण संखुवासभाले महसुल नतिर्ने ५ सय ४२ उपभोक्ताबाट ५९ लाख बक्यौता उठाएको पनि जानकारी गराएको छ ।

सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा विद्युत् महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्न थालेपछि प्राधिकरणले बितेको १० महिनामा ५९ लाख बक्यौता र ब्ल्याकलिष्ट भएका ग्राहकबाट थप ६ लाख उठाएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताए । 

संखुवासभामा प्राधिकरणले गतवर्ष महसुल बापत २४ करोड १९ लाख रकम संकलन गरेको थियो । प्राधिकरणको संखुवासभामा २८ हजार ७ सय ३२ बढी ग्राहक छन् ।

दीपेन्द्र

Link copied successfully