संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीय वृद्ध हत्या प्रकरणका तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
आफ्नै बुहारीको योजनामा ७२ वर्षीय वृद्ध मीनबहादुर कुमालको घाँटी थिचेर बैशाख १४ मा हत्या भएको थियो । आरोपितलाई जिल्ला अदालत संखुवासभाको आदेशमा शुक्रबार कारागार चलान गरिएको हो ।
हत्या गरेको आरोपमा ४५ वर्षीया बुहारीलाई जिल्ला कारागार खाँदबारी चलान गरिएको छ । वृद्धको हत्यामा संलग्न अन्य १७/१७ वर्षीय दुई युवकलाई बाल सुधार गृह विराटनगर पठाइएको छ ।
त्यस्तैगरी हत्या आरोपमा पक्राउ परेकी १३ वर्षीया बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ ।
