बोलेरो दुर्घटना हुँदा ताप्लेजुङमा ९ घाइते

जेष्ठ ९, २०८२

आनन्द गौतम

9 injured in Bolero accident in Taplejung

ताप्लेजुङ — मेरिङदेन गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुईलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एकजनालाई पाँचथर अस्पताल रेफर गरिएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङको साक्फारामा बोलेरो दुर्घटना भएको हो ।

घाइते हुनेमा मेरिङदेन गाउँपालिका-६ नाल्बुका साङगे शेर्पा, १७ वर्षीया दावा शेर्पा, ६८ वर्षीय भीमकुमार केदेम, २४ वर्षीय अञ्जना शेर्पा, २६ वर्षीया छुनु माबो लिम्बू, १७ वर्षीया दावाचुङदा शेर्पा, २३ वर्षीया फुर्लामु शेर्पा र ५१ वर्षीया गुबा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । मेरिङदेन गाउँपालिकाको नाल्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडी बिहान साढे १० बजे दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष यूक हां विर हाँगाम् (डम्बर) ले जानकारी दिए । ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको र अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully